Informações:
Sinopse
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episódios
-
द्धन्द्धपीडितको पीडा : न सत्य निरुपण भयो न त मेलमिलाप नै
08/06/2019 Duração: 02minआयोगमा दर्ता भएका ६२ हजार ९ सय ५० द्वन्द्वकालीन मुद्दा टुंगो लाग्न सकेको छैन । बेपत्ता छानविन आयोगमा मात्रै ३२ सय १८ उजुरी छन् । आयोगका पूर्व पदाधिकारलाई मान्ने हो भने झन्डै ७५ प्रतिशत काम सकिएको छ ।
-
नेपालमा मौरी पालनको सम्भावना
05/06/2019 Duração: 03minअन्य देशमा जसको जमिनमा मौरी चरनका लागि लगिन्छ ति जग्गा धनीले किसानलाई केही रकम तिर्ने गर्छन् तर नेपालमा ठ्याक्कै उल्टो, मौरी चरनका लागि लैजाँदा व्यवसायिले नै जग्गा धनीलाई पैसा तिर्नुपर्ने हुन्छ ।
-
हरायो किसान पेन्सन कार्यक्रम
03/06/2019 Duração: 02minकम्तीमा २० वर्ष कृषि क्षेत्रमा लागेका, ६० वर्ष उमेर पुगेका किसानलाई योगदानमा आधारित पेन्सन दिने भनिएको थियो । आगामी आर्थिक वर्षको बजेटमा यो कार्यक्रम नपर्दा पूर्व कृषिमन्त्रीजस्तै किसान आयोग पनि आश्चर्यमा परेको छ ।
-
कृषिमा बजेट
30/05/2019 Duração: 02minसबै प्रदेशमा नमूना अर्गानिक प्लान्ट स्थापनामा बजेटले जोड दिएको छ । खाद्य गुणस्तर केन्द्र स्थापना गर्ने बिषय पनि बजेटमा समावेश छ । किसानलाई तत्कालै परामर्शका लागि कल सेन्टर स्थापना गर्नेदेखि जडिबुटी खेतीको प्राथामिकता पनि बजेटमा उल्लेख छ ।
-
नेकपाको घोषणापत्र र बजेटको प्राथमिकता
27/05/2019 Duração: 03minदुई वर्षभित्र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने, क्रमशः देशको सिंगो कृषि उत्पादन प्रांगारिक मलमा आधारित गराइने र १० वर्षमा नेपाललाई रसायन र विषादीमुक्त (अर्गानिक) मुलुक घोषणा गरिने घोषणापत्रमा भनिएको थियो ।
-
गुठी व्यवस्थित गर्न विधेयकमा नयाँ व्यवस्था
24/05/2019 Duração: 03minअहिले जग्गा कब्जा भएको खबरमा पनि गुठी सञ्चालक र सरोकारवाला निकायको नाम मुछिनेक्रम बढीरहेको छ । यस्ता विकृतिको अन्त्यका लागि सरकार अग्रसर देखिएको छ ।
-
ब्रेल लिपि पुस्तक नपाएको दृष्टिविहिन विद्यार्थीको गुनासो
23/05/2019 Duração: 03minआदर्श माध्यमिक विद्यालय भक्तपुरमा २०४७ साल देखि दृष्टिविहिन विद्यार्थीहरु पढ्छन् । यसपाली विद्यार्थीले ब्रेल लिपि पुस्तक नपाएको कुरा अधिकारीले बताउनुभयो । विद्यार्थीहरुले पनि गणित र अंग्रेजीको विषयगत शिक्षक नभएको गुनासो गरे ।
-
आदिवासी जनजातिको सवालमा बृहत छलफल हुँदै
23/05/2019 Duração: 06minसामूदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले कुल जनसंख्याको झन्डै ३५ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिको भाषा र कला सँस्कृतिको विषय मूल धारका मिडियामा अझै आउन नसकेको भन्दै ओझेलमा परेको यो विषयलाई सामूदायिक रेडियोले उजागर गर्न खोजेको बताउनुभयो ।
-
किन चाहियो सांसदलाई १० करोड ?
22/05/2019 Duração: 03minकार्यविधि सच्याएर सबै सांसदले पाउने र चलाउन मिल्नेगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम दिन नभए रोक्न माग गर्ने सांसद्हरू पनि छन् । यस विषयमा सरकारले भने कुनै निर्णय गरिसकेको छैन । नागरिकदेखि सांसदबीच नै विवादित यो कार्यक्रमको रकम बढाउन माग गरेजति नबढाउने तर फरक तरिकाबाट दिने सरकारको रणनीति छ ।
-
नेपालमा कडाइ गरेपछि भारतमा लगेर बालविवाह गराईँदै
21/05/2019 Duração: 04minनेपालमा सरकार र सरोकारवाला निकायको निगरानी हुन थालेपछि बाँकेका अभिभावकहरूले भारतमा लगेर आफ्ना बालबालिकाको विवाह गर्ने गरेको पाइएको छ । मधेशी तथा मुस्लिम समुदायमा कम उमेरमा विवाह गर्ने चलन छ
-
एक सय प्रतिशत महङ्गीले उपभोक्ता तनावमा
20/05/2019 Duração: 03minकिसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पुर्याउँदासम्म दोब्बरतेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सरकार आक्रामक रूपमा प्रस्तुत नभएसम्म महङ्गीबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन ।
-
६८ करोडको नमूना बस्ती खाली हुने चिन्ता
17/05/2019 Duração: 02minलाप्राकका ५ सय ७३ घरधुरी भूकम्प प्रभावित परिवारका लागि गैरआवासीय नेपाली सङ्ले बस्ती बनाइरहेको छ । बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत काम सकिएको भए पनि लाप्राकबासी त्यो बस्तीमा सर्न इच्छुक देखिएका छैनन् । भूकम्पका कारण लाप्राकको बस्ती असुरक्षित रहेको विज्ञहरूको भनाइपछि लाप्राकबासीलाई स्थानान्तरण गर्न गुप्सीपाखामा नमूना बस्ती बनाईएको हो ।
-
बेरोजगार युवालाई रोजगारी कार्यक्रम
16/05/2019 Duração: 02minयुवालाई रोजगारीमा सहभागि गराउँदै बेरोजगारी अन्त्य गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्नुभएको थियो ।
-
विश्व युवा सम्मेलनमा नेपालका युवालाई अवसर
16/05/2019 Duração: 02minसंस्थाले हरेक वर्ष आयोजना गर्ने विश्व युवा सम्मेलनमा फरक विषयमा उद्यमशिल युवाहरुको योजनाहरुबीच प्रतिष्पर्धा गराएर उनीहरुलाई त्यस्ता योजना सञ्चालनमा सघाउने गरेको छ ।
-
अङ्गीकृत नागरिकतामा मुख्य बहस
14/05/2019 Duração: 02minउपसमितिले अहिलेसम्म ३ ओटा बैठक बसेको र यसबारेमा सहमतिको प्रक्रिया अगाडि बढाएको समितिका सदस्यहरु बताउँछन् । तर सर्वपक्षीय, सर्वदलीय सहमति खोज्नु अघि उपसमितिमा नै सहमति खोज्ने प्रयास गरिएकाले अरु कार्यविधि बनाउनै बाँकी रहेको उपसमिति सदस्य यशोधा सुवेदीले जानकारी दिनुभयो ।
-
सामुदायिक विद्यालयलयमा माध्यम भाषा अङ्ग्रेजी बनाउने प्रतिस्पर्धा, रहरमा अति नगर्नुः शिक्षा मन्त्री पोखरेल
14/05/2019 Duração: 06minविद्यालय र स्थानीय सरकार अङ्ग्रेजी अनिवार्य भन्ने बाटोमा लग्दा अङ्ग्रेजी नजान्ने शिक्षकले पढाएको अङ्ग्रेजी कस्तो होला ? नेपाली पनि नजान्ने अङ्ग्रेजी पनि नजान्ने कस्तो जनशक्ति तयार गर्दैछौं ? यसमा गम्भीर बहस आबश्यक छ ।
-
मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमन्त्री बास्कोटा
13/05/2019 Duração: 02minसरकारले मिडिया काउन्सिल विधेय संसद्मा दर्ता गराएपछि विधेयकभित्रको व्यवस्थाले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम गरीरहेको छ भने सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले पनि विरोध जनाएको छ । मिडिया काउन्सिल विधेयक र यसबारेमा भइरहेका विरोधका बारेमा राजन रूचालले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी गर्नु भएको छ ।
-
गाउँमै उद्यमको बाटो खोज्दै युवा
10/05/2019 Duração: 01minजैशी केहिवर्ष अघिसम्म खाँडी मुलुकमा हुनुहुन्थ्यो । १० वर्ष अर्काको देशमा पसिना बगाएपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । अहिले उहाँले वेकरी र चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट खर्च कटाएर मासिक ५० हजारसम्म आम्दानी हुन्छ । केही रकम बचत पनि गर्नुभएको छ ।
-
सुन्तला गाउँको लोभलाग्दो आम्दानी
10/05/2019 Duração: 02minबरातुकै अर्का किसान जगत रोकायाको बारीमा ८० वटा सुन्तलाका बिरुवा छन् । अहिले ३० वटा बोटमा फल लाग्ने गरेको छ । वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको रोकाया बताउनुहुन्छ ।
-
श्रमको सिद्धान्तले नछोएका श्रमिक
09/05/2019 Duração: 03minभगवतिले अरुको घरमा गएर काम गर्न थालेको १५ वर्ष भयो । सुरुवाती समयमा उहाँ एकदिनमा ४ देखि ५ घरकोसम्म काम गर्नुहुन्थ्यो । श्रमको सिद्धान्तले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्छ । तर भगवतीको जीवनमा यो सिद्धान्त लागू हुँदैन ।